काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको हो ।
कम्पनीले यस अघि नै स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाडँफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजीको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।
यस्तै, ६ लाख ५० हजारको २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अपर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २.४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्