Shikhar Insurance
National Life

बलेफी खोला जलविद्युत आयोजना ४४० करोड लगानीमा बन्ने, कुमारी बैंकको ७५ प्रतिशत ऋण

सिंहदरबार संवाददाता
२०८० असार ८, शुक्रबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले अब साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामाको लागि १०० अंकित दरको १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल कम्पनीको चुक्तापुँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, र चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।

विशेष साधारणसभालाई सम्बोधन गर्दै रिडी पावरका अध्यक्ष संजिव न्यौपानेले सेयरधनीहरुको उच्च प्रतिफलका लागि आफूहरु लागि रहने बताए । त्यसैगरी सभामा कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेका थिए । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको लागि प्रमोटर सेयर समेत खुलाएको छ । इच्छुक लगानीकर्ताले केन्द्रिय कार्यालय ट्रेड टावार थापाथलीको पाँचौ तल्लमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

हकप्रद सेयर पाएसँगै साधारणसभामा बोल्ने सेयरधनीहरुले बलेफी खोला जलविद्युत आयोजनाको लागि शुभकामना व्यक्त गरेका थिए । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अघुवाईमा ७५ प्रतिशत ऋण गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्