Skip to content
Shikhar Insurance
National Life

आजदेखि टाटा मोटर्सका शोरुमहरूमा एक्सचेन्ज विक–एन्ड सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं । टाटा माेटर्स नेपालले ‘एक्सचेन्ज विकएन्ड’ अभियान सञ्चालन गरेकाे छ । शुक्रबार (आज)देखि टाटा माेटर्स नेपालकाे आधिकारिक बिक्रेता सिप्रदीका देशभर रहेका शोरुममा ‘एक्सचेन्ज विकएन्ड’ चल्ने भएकाे हाे ।

उक्त क्याम्प असार ८, ९, १०, ११ र १२ गते हुने कम्पनीले बताएको छ। कम्पनीले ग्राहकहरूलाई सोरूममा आएर विद्युतीय गाडीहरू साटेर फाइदा लिनसमेत आग्रह गरेको छ।

एक्सचेन्ज क्याम्पमा आएर जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नयाँ मोडेलका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था गरेको कम्पनीको भनाइ छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले सोरूममा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरूमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने बताइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्