Shikhar Insurance
National Life

सप्तकोसीमा पानीको बहाव बढेपछि जेटबोट बन्द

सिंहदरबार संवाददाता
२०८० असार ८, शुक्रबार ११:०३
Hyundai
NCELL
NIMB

कटारी । सप्तकोसीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोसीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोसीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।

वर्षासँगै कोसीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको कोसी एडभेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए। “कोसीमा पानी बढेपछि सबै जेटबोट कोसीबाट निकालिसक्यौं”, थापाले भने, “बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बोट बन्द गरिएको हो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए। बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटालगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो ।

बोटले बराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माइबेनी गरी चारवटा स्थानहरूमा मुख्यगरी आउजाउ गर्ने गरेको थियो । गाडीबाट झन्डै तीन घण्टा समय लाग्ने ठाउँ सिम्लेमा जेटबोटले करिब १५ मिनेटमै पुर्याउने गरेको थियो । बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज थियो । बोटले वर्षा बाहेकका समयमा १५ हजारको हाराहारीमा यात्रुहरूलाई आउजाउ गराउने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्