Shikhar Insurance
National Life

असार २४ गतेदेखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी लघुवित्त

सिंहदरबार संवाददाता
२०८० असार ८, शुक्रबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई कम्पनी एकआपसमा मर्जर भई आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।

यी दुई कम्पनीबीच गत भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त १ः८७ को अनुपातमा सेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । मर्जर प्रयोजनका लागि असार २२ गतेदेखि २४ गते विहान ९ बजेसम्म दुवै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने जानकारी कम्पनीहरूले गराएका छन् ।

हाल आरएमडीसी लघुवित्तको चुक्तापुँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार रुपैयाँ रहेको छ भने, साना किसान लघुवित्तको १ अर्ब ९७ करोड ११ लाख ६१ हजार रुपैयाँ रहेको छ । एकीकृत कारोबार गरेको दिनदेखि दुवै सूचीकृत कम्पनीको सेयर कारोबार बढीमा १५ कारोबार दिन रोक्का हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्