Skip to content
Shikhar Insurance
National Life

भाेलिदेखि हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

Hyundai
NCELL
NIMB

काठमाडाैं। उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए ।

बुधबारको अन्तरिम आदेशसँगै अब मेला असार ८, ९ र १० गते पुनःसञ्चालन हुने आज मेलास्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । उनले महानरगको हस्तक्षेप गैह्रकानुनी भन्ने अदालतको व्याख्या आइससकेकाले निर्वाधारुपमा मेला सञ्चालन हुने जनाउँदै अवरोधका कारण भएको आर्थिक र मानसिक क्षतिपूर्तिका लागि अदालतको अन्तिम सुनुवाइ पर्खने उल्लेख गरे।

विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ठ शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने उनको भनाइ छ । एक प्रश्नको जवाफमा उनले मेलाको पहिलो दिन कुनै पनि कलेजले विद्यार्थीको भर्ना लिने वा शुल्क लिने काम नगरेको जिकिर गर्दै त्यस्तो पाइए सार्वजनिक गर्न माग गरे।

महानरपालिकाले लिखित जानकारीबिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए । मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ । मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले जानकारी दिए।

मेलामा विद्यालय तहका संस्था, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ । मेलामा प्रवेश निःशुःल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्