Skip to content
Shikhar Insurance
National Life

राजस्वपाको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्योः सभापति लामिछाने

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भने, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको नयाँ सफल पार्टीका रुपमा लिएका छौँ ।”

सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर जनताको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताए। “उपनिर्वाचनसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो”, उनले भने, “सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रुपान्तरण गर्न सक्नेगरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।”

उनले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रुपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनले रास्वपाको संसद्मा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरुपमा रास्वपा प्रवेश गरेका छन् । उनीलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्