Shikhar Insurance
National Life

नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेकबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डष्ट्रिजबीच सम्झौता भएको छ। बुधबार नबिल इन्भेष्टमेन्ट बैंकिङ र श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडबीच संस्थागत परामर्श सेवाअन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनको कार्य गर्ने, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा श्रीनगर एग्रिटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश चन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्कासनका लागि कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले विगत दुई दशकदेखि कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा कार्य गर्दै आएको छ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले हाल ३ सयभन्दा बढी व्यक्तिलाई रोजगार दिनुका साथै ५ हजारभन्दा बढी कृषकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडेको छ ।

फार्म, फिड तथा फुडको एकीकृत व्यापार विस्तार गर्दै आएको श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको टङ्गालमा छ । लुम्बिनी प्रदेशको पाल्पा तथा रुपन्देहीमा उद्योग अवस्थित रहेको छ । यस कम्पनिको उत्पादन हाल ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्