Skip to content
Shikhar Insurance
National Life

नवलपरासीका किसानलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण

Hyundai
NCELL
NIMB

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको छ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार २० बिघाभन्दा बढी क्षेत्रमा खेती गर्ने किसान समूह र कृषि सहकारीलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए।

मध्यविन्दु– ७ को आत्मनिर्भर कृषि सहकारी संस्था लिमिटेड मध्यविन्दु–१५ को कोलकट्टा किसान समूहलाई ट्र्याक्टर हस्तान्तरण गरिएको हो । ट्र्याक्टरलाई आवश्यक रोडाभेटर र हलो पनि हस्तान्तरण गरिएको छ । ट्र्याक्टर खरिदमा नगरपालिका र समूहले सात लाख १३ हजार पाँच सयका दरले खर्च गरेको कृषि विकास शाखा मध्यविन्दुका कृषि अधिकृत अक्षय वाग्लेले बताए।

मुख्य कृषि बाली धान रोप्ने समयमा नगरपालिकाले दिएको अनुदानले सहकारीमा आवद्ध र छिमेकी स्थानीय किसान लाभान्वित हुने आत्मनिर्भर कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पङ्गेनीले बताए।

“नगरपालिका कृषि जोन तथा पकेट क्षेत्रका स्थानीय किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स कार्यक्रम सञ्चालनको अन्तिम चरणमा छ”, नगर प्रमुख अधिकारीले भने । किसानले उत्पादन गरेको कृषि उत्पादन स्थानीय सङ्कलन केन्द्र र केन्द्रबाट बजारसम्म पुर्याउन सहजता ल्याउन कृषि एम्बुलेन्स प्रदान गर्ने गरी योजना निर्माण गरेर कार्यान्वयनको चरणमा रहेका उनले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्