काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडानको जहाज उत्रिएको छ । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनका दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए–३१९ जहाज बुधबार बिहान ९ः०६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उभिएको हो । जहाजमा ‘नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने खेलाडी र केहि यात्रु सवार थिए ।
फेवातालमा असार ८ र ९ गते आयोजना फेस्टिभल आयोजना हुँदैछ । यही जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि सवार थिए । उनी चीन भ्रमणबाट फर्किएका हुन् । जहाज २ घण्टा पोखरा बसेर बिहान ११ बजे काठमाडौं आईपुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्