Skip to content
Shikhar Insurance
National Life

बझाङ दुर्घटना अपडेटः दुई जनाको मृत्यु

Hyundai
NCELL
NIMB

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् ।

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा. अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र भाउजू नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।

“दुवै जनाको उपचारका लागि यहाँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो”, उनले भने, “शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।” त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । मन्त्री सिंहसँगै कार चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको डा. अधिकारीले बताए।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्