Shikhar Insurance
National Life

किर्ते कागजात पेस गरी छोरा बनेर जग्गा नामसारी

सिंहदरबार संवाददाता
२०८० असार ५, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडाैं । एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ । स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायकको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिका-३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको उनले बताए। उनले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।

सोही आधारमा मकवानपुरको टिस्टुङ घर भई काठमाडौंको कपन बस्ने सतराज गुरुङलााई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ । प्रहरीले उक्त जग्गा बिकीका लागि वैना गर्न लाग्दा फेला पारेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्