Skip to content
Shikhar Insurance
National Life

मनहरी गाउँपालिकाद्वारा वनकरियालाई पाडी वितरण

Hyundai
NCELL
NIMB

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरेको छ ।

मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताए।

उनले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय-आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताए । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत उनीहरुलाई ३ लाख रूपैयाँ बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।

वितरणपश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातिमा आत्मनिर्भर हुने बाटो रहने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्