Skip to content
Shikhar Insurance
National Life

९ दिनपछि बजारले लियो विश्राम, नेप्से सामान्य अंक घट्दा ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सामान्य अंकको गिरावाट आएको छ । विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको हो। विगत ९ दिनको कारोबारमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेर विश्राम लिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २.९४ अंकले घटेर २,०९१.३९ को विन्दुमा झरेको हो । ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने १.८२ अंकले बढेर ३९२.३८ को विन्दुमा पुगेको छ ।

सोमबार नेप्से परिसूचक घटेपनि ५ कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड र माउन्टेन इनर्जि नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने, विपीडब्लु लघुवित्त, मेन्छियम हाइड्रोपावर कम्पनीको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, सिटी होटलको ९.९७ प्रतिशत, मक्कर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको ९.१० प्रतिशत, सानिमा इक्वीटी फण्ड र लुम्बिनी विकास बैंकको ९.०४ प्रतिशत सेयर मूल्य बढेको छ । बाँकी कम्पनीको सेयर मुल्य ८.१२ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको यूूनिक नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

दिनभरीमा २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोेबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से ५२.२६ अंक बढ्दा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको ८० कम्पनीको सेयर मुल्य बढेको छ १४२ कम्पनीको सेयर मुल्य घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २९ करोड ८२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो

त्यस्तै, नेपाल टेलिकमको १८ करोड १३ लाख, सोल्टी होटलको १७ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियल इनस्योरेन्सको १७ करोड २० लाख र हाइड्रोइलेट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेपलपमेण्ट कम्पनीको १२ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन सेयर बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स र विकास बैंकमा देखिन्छ। यस दिन फाइनान्स उपसमूहको सूचक ५.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक ३.४९ प्रतिशतले बढेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्