Shikhar Insurance
National Life

‘यमनिया एयरवेज’को सानादेखि साउदी अरबसम्म सीधा उडान सुरु

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १२:१७
Hyundai
NCELL
NIMB

साना । यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब ८ वर्षको सेवा अवरोधपछि सीधा उडान पुनः सुरु गरेको छ ।

यमनको राजधानी सानालाई साउदी शहर जेद्दाह र मदिनासँग जोड्ने यो उडानको उद्देश्य यमनी तीर्थयात्रीहरूलाई राज्यमा यात्रा गर्न मद्दत गर्नु रहेको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योे यमनमा शान्तिका लागि मार्ग प्रशस्त गर्न जारी अन्तर्राष्ट्रिय प्रयासहरूको बीचमा अर्को सफलताको प्रतीक हो । सन् २०१४ मा हुथी विद्रोहीको नियन्त्रणमा आएपछि साना अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान बन्द गरिएको छ ।

सन् २०२२ को मे महिनामा यमनियाले संयुक्त राष्ट्रसंघको मध्यस्थतापछि साना र जोर्डनको राजधानी अम्मानबीच बीचबीचमा उडान सञ्चालन गरेको थियो । यी उडानहरूले यात्रु ओसारपसारलाई सुविधा प्रदान गर्नुका साथै यमनवासीहरूलाई विदेशमा चिकित्सा उपचार गर्न सहयोग पुर्याएको थियो ।

हुथी लडाकू समूहले सन् २०१४ मा यमनका विभिन्न उत्तरी सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि र यमन सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन सैन्य द्वन्द्वमा फसेको छ । यमनी द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत हुनुका साथै अरब विश्वको सबैभन्दा गरिब देशलाई व्यापक अनिकाललगायत मानवीय संकटमा फसाइएको छ । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्