Skip to content
Shikhar Insurance
National Life

सनराइज बैंकको साधारणसभासभाले पारित गर्‍यो लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव

Hyundai
NCELL
NIMB

काठमाडाैं। आइतबार सनराइज बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गरेको छ। यी दुई बैंक बराबरी हैसियत अर्थात् १ः१ को सेयर अनुपातमा मर्जरमा जान लागेका हुन्।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्