Shikhar Insurance
National Life

गण्डकीमा आगामी आर्थिक वर्षमा थप ३०० किमी सडक कालोपत्रे हुने 

सिंहदरबार संवाददाता
२०८० असार ४, सोमबार १०:५३
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप ३ सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ।

सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब १६ करोड रुपैयाँ  विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बातए। सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ। बूढीगण्डकी करिडोर, मस्याङ्दी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेशको प्राथमिकतामा रहेका उत्तर–दक्षित द्रुतमार्गअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कस्वास–त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उनले बताए। प्रदेश गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ ।

त्यसको कार्यान्वयनका लागि १९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले  विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्