काठमाडाैं । नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न एक सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित (यूपीएफ-बीएसएम) को वातावरणीय, सामाजिक र सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ ।
सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।
उक्त सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल केसी र आइआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्