काठमाडौं । प्रतिनिधी सभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई छलफलका लागि बोलाएको छ । समितिले असार ५ गते मंगलबार बिहान ८ बजे बोर्डका पदाधिकारीहरुसँग छलफल गर्न लागेको हो ।
समितिले ‘नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डका पदाधिकारीहरु सँग छलफल’ भनेर कार्यसूचि तय गरेको छ । समितिको जेठ २९ गते बसेको बैठकले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । छलफलका क्रममा स्थगित गर्ने मनसाय नउठेको तर केहि सांसदहरुले सभापतिलाई कन्भिन्स गराएर सुटुक्क प्रक्रिया रोक्न निर्देशन दिएको आरोप लाग्दै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न भनेका थिए । बोर्डले १८ वटा ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।
पुँजी बजारमा नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेञ्ज भित्र्याउने प्रक्रियाले व्यवसायीक घरानाहरुलाई दुई कित्तामा विभाजित गरिदिएको छ । सेयर बजारका लगानीकर्ताहरु नयाँ ब्रोकर र स्टक एक्सचेञ्ज आवश्यक रहेको बताईरहेका छन् ।
नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिको निर्देशन
प्रतिक्रिया दिनुहोस्