Shikhar Insurance
National Life

राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

सिंहदरबार संवाददाता
२०८० असार ३, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । आयोगका बरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै अब दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्म्मेवारी दिएको हो ।

दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्