Shikhar Insurance
National Life

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंककाे १० लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण गर्न १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसकार्यबाट बाट बाल अस्पताल निमार्णमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास रहेको बैंकले जनाएको छ । सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्