Shikhar Insurance
National Life

पिपुल्स हाइड्रोको सञ्चालकमा भण्डारी र अधिकारी निर्विरोध निर्वाचित

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा २ जना निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण सेयर धनीका तर्फबाट केशव प्रसाद भण्डारी र रामशरण अधिकारी कम्पनीको सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

सर्वसाधारण सेयर धनीको तर्फबाट २ जना सञ्चालक निर्वाचित हुने प्रावधान भएपनि ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ३ जनामध्ये कृष्णप्रसाद अधिकारीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी कामना सेवा बिकास बैंकका पुर्व संचालक र महुली लघुबित्तका पुर्ब स्वतन्त्र संचालक हुन ।
कम्पनीको साधारणसभा असार ४ गते हुँदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्