काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभासभाले सञ्चालक समितिको छैटौं वार्षिक प्रतिवेदन, आव २०७८/७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले दिएका थिए ।
यस उपलक्ष्यमा कम्पनीलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने बिमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्