Shikhar Insurance
National Life

बैंकर र बिमकलाई अर्थमन्त्रीले भने ‘विवादित करबारे हामी हेर्छौं’

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एफपीओ र मर्जर एक्विजिसन करबारे ‘हेर्ने’ प्रतिबद्धता जनाएका छन् । बैंकर्स र बिमक संघका प्रतिनिधिहरुसँगको भेटमा उनले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदाले अघिसारेका करका विषयमा आफूले ‘हेर्ने’प्रतिबद्धता जनाएका हुन् । भेटमा सहभागी एक सीईओले सिंहदरबारसँग भने ‘ अर्थमन्त्रीले हुन्छ हुन्नमा जबाफ दिनुभएन । महालेखाको प्रतिवेदन र मौजुदा कानुनहरुको अवस्थालाई अध्ययन गरेर हामी हेर्छौं भन्नुभएको छ ।’

अर्थमन्त्रीलाई भेट्न नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष, जीवन बिमक संघका अध्यक्ष, नेपाल बीमक संघका अध्यक्ष लगाएतको टोली सिंहदरबार गएका थिए । उनीहरुले आर्थिक विधेयकमा रहेको २६, २७ र २९ नम्बर बुँदाले अघिसारेका करका विषयहरु संशाेधन नभए नेपालको अर्थतन्त्र धरासायी हुने, पुँजी पलायन हुने, लगानीकर्ताको मनोबल गिर्ने भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेका थिए । सरकारले ती बुँदाहरु नसच्याए अदालत जाने, आन्दोलन गर्ने लगायतका चेतावनीहरु दिँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्