Shikhar Insurance
National Life

उपत्यका खानेपानीले ग्राहकलाई खानेपानीको परिमाण बढाउँदै जाने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ ।

अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए। उनका अनुसार पानीको उपलब्धतासँगै पानी वितरण गर्ने तालिका परिमार्जन गर्ने योजना रहेको छ । उनले भने, “अहिलेसम्म खोला सुकेकाले सतही स्रोत सुकेको छ । खोलामा पानी हुन थालेपछि उत्पादन बढेछ र पुनःविचार गरिनेछ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

दैनिक तीनरचार घण्टासम्म पानी वितरण भइरहेको प्रवक्ता राईले बताए। अधिकांश ग्राहकले फेसबुक चलाउने भएकाले कुन क्षेत्रमा कहिले पानी वितरण हुन्छ भनेर सम्बन्धित शाखाको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिने गरिएको उनले बताए। उनले भने, “अहिले दुई दिनको फरकमा पानी वितरण भइरहेको छ । कहाँ कति बजे पानी आउँछ भनी ग्राहकले फेसबुक पेजबाट जानकारी लिने गरेका छन् ।”

वर्षामा लिमिटेडको उत्पादन क्षमता बढ्ने हुँदा उपभोक्ताले पाउने पानी थप गर्दै जान सकिने प्रवक्ता राईको भनाइ थियो । वर्षामा लिमिटेडको उत्पादन १४र१५ करोड लिटरसम्म हुँदा केही घण्टाका लागि भए पनि दैनिक पानी वितरण गर्नसक्ने उनले बताए।

अहिले दैनिक १७ करोड लिटर मेलम्चीबाट आउने र लिमिटेडको आफ्नो स्रोतबाट दैनिक आठदेखि ९ करोड गरी जम्मा २६/२७ करोड लिटरसम्म पानी वितरण भइरहेको छ । लिमिटेडले गत वर्ष वर्षाको समयदेखि बागमती नदीबाट समेत पानी ल्याउन सुरु गरेको छ । गत वर्ष वागमती नदीबाट दैनिक चार करोड लिटर पानी ल्याइएको लिमिटेडले जनाएको छ ।

यस वर्ष वर्षाको समयमा थप छ करोड लिटर पानी ल्याउन सकिने प्रवक्ता राईले बताए। उनले भने, “थप पानी ल्याउनका लागि आवश्यक संरचना बनाउन ठेक्का प्रक्रियामा जान लागेका छौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएदेखि यहाँ खानेपानीको समस्या कम हुँदै गएको छ”, उनले भने।

अबका दिनमा खानेपानीको समस्या कम हुँदै जाने प्रवक्ता राईले बताए। उनका अनुसार उपत्यकाका डाँडामाथि ३५ वटा पानीका स्रोत छन् । लिमिटेडले ती स्रोत र जमिनमुनि रहेका एक सय एक ट्युबेलबाट पानी जम्मा गरी वितरण गर्दै आएको हो ।

गत वर्षमा उपभोक्ताको घरमा पालोपालो गरेर ९र१० दिनमा पानी वितरण हुने गरेको थियो । अहिले काठमाडौं उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्