Shikhar Insurance
National Life

नेप्से परिसूचक ५ अंकले उकालो लाग्यो, काराेबार ३ अर्ब १६ करोड

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ अंकले उकालो लागेर २०४२.०७ मा पुगेको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३० अंकले ओरालो लागेर ३८३.३९ अंकमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कूल ७८ लाख ९६ हजार चार सय ७८ कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८ सय ४३ मूल्यमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार कारोबार आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १७ करोड ९३ लाख ४६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल १६ करोड चार लाख दुई हजार आठ सय ८१ रूपैयाँ , नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ९१ लाख १७ हजार एक सय ६१ रूपैयाँ, आइजीआई पुडेन्सियल इन्स्योरेन्स ११ करोड ६१ लाख ८७ हजार तीन सय एक रूपैयाँ र हिमालयन डिस्टिलरी ९ कराड ३४ लाख ९४ हजार चार सय ८९ रूपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

सिटी होटल ९. ९७, अभियान लघुवित्त ९.२०, बिपीडब्ल्यू लघुवित्त ८.२०, कालिका लघुवित्त ८.०६ र सोल्टी होटलका लगानीकर्ताले ६.८२ प्रतिशतले कमाएका छन् ।

भूगोल इनर्जी ५.८६, मल्टप्रपोज फाइनान्स कम्पनी ३.८८, मिर्मिरे लघुवित्त ३.८१, साधना लघुवित्त ३.८१, एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्