Shikhar Insurance
National Life

‘बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्षा गरियो’

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडाैं । सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उनले बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गरे।

उनले भने,“ बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ । मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेसलाई किन उपेक्षा र विभेद गरिएको हो ?”
छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताए । उनले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षरोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि मन्त्रालय र विभागमा निवेदन दिएको थिए । तर दुईवटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतिक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ”, उनले भने, “कस्को सुझावमा आउछ बजेट ? यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?”

GBIME

प्रतिक्रिया दिनुहोस्