Skip to content
Shikhar Insurance
National Life

रातोमाटेबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार बिहान करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

आज बुधबार बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । त्यस्तै प्रहरीले रातोमाटेबाट अवैध कपडा पनि बरामद गरेको छ ।

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाएर ल्याइएको अवस्थामा १ सय थान साडी र ६ सय थान सल बरामद गरिएको हो । प्रहरीका अनुसार करिब १ लाख ५ हजार रुपैयाँ बराबर मूल्यको कपडा बरामद गरिएको हो ।

प्रहरीले कपडा बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया पठाउने तयारी गरेको बताएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्