Shikhar Insurance
National Life

सन‍्‍राइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १४:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सन‍्‍राइज बैंकको योगिकुटी शाखाले बुटवलस्थित तिलोत्तमा आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रुपन्देहीको शुद्धोदन गाउँपालिकास्थित जनता माविमा सञ्चालन गरिएको शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र अन्य जाँचसम्बन्धी सेवाहरु लिएका थिए ।

त्यसैगरी बैंकको दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविस्थित छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा निःशुल्क आँखा, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ जना सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्