काठमाडौं। सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच छुट सम्झौता भएको छ। केएफसीलगायतका आउटलेट दिव्यानी इन्टरनेसनल नेपालबाट सञ्चालित छ। केएफसीसँगै क्रिमबेल र पिज्जा हटका आउटलेट पनि दिव्यानी इन्टरनेसनलबाट सञ्चालित छन्।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ। सोही क्रममा बैंकले केएफसी, क्रिमबेल र पिज्जा हटमा ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो।
यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लसबाट नेपाल पे क्युआर स्कान गरी केएफसी, क्रिमबेल र पिज्जा हटका देशैभरि रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम २०० प्रतिकारोबार) क्यासव्याक तुरुन्तै पाउने बैंकले जनाएकाे छ। यो योजना असार २१ गतेसम्मका लागि लागू गरिएको बैंकले बताएको छ।
प्रतिक्रिया दिनुहोस्