Skip to content
Shikhar Insurance
National Life

रावा इनर्जीको आइपिओ बाँडफाँट, ६४ हजार ३६६ जनाले पाए

Hyundai
NCELL
NIMB

काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ मंगलबार बाँडफाँट भएको छ। गोलाप्रथामार्फत ६४ हजार ३ सय ६६ जनाले सेयर पाएका छन्। जसमध्ये ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

साे आइपिओमा कुल ११ लाख ८५ हजार २ सय ६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४ सय ६६ जनाको आवेदन रद्द भएको थियाे। बाँकी १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले बताएको छ।

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको थियो।

सोमध्ये ८७ हजार ६ सय ७० कित्ता सेयर बाँडफाँट गरिएकोमा १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्कासन गरिने सेयरमा उक्त सेयर थप गरी कुल ६ लाख ९६ हजार ३ सय ३० कित्ता सेयर सार्वजनिक निष्कासनको लागि छुट्याइएको थियो।

निष्कासन गरिने कुल कित्तामध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ३७ हजार ६ सय १६ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर भने कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्