Shikhar Insurance
National Life

मंगलबार नेप्से ३४.१७ अंकले बढ्यो, कारोबार ४ अर्ब १२ करोड

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडाैं।   मंगलबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा कायम भएको हो । आज कारोबार रकम पनि बढेको छ । विभिन्न २ सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार ६ सय ९३ कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ कारोबार भएका छन् ।

आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा धेरै जीवन बिमा समूह २७६.६० र निर्जीवन बिमा समूह २२४.९० अंकमा कायम भएको छ । बैंकिङ समूह ७.३६, विकास बैंक ५८.१४, वित्त ३६.९२, होटल तथा पर्यटन १०३.७६, जलविद्युत् ४८.५७ र लगानी समूह १.३६ अंकले बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन २२१.५७, लघुवित्त ९६.७०, म्युचुअल फन्ड ०.१६, व्यापार ६१.५० र अन्य समूह १५.५३ अंकले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको सेयर मूल्यमा प्रतिकित्ता ३.९३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २७ करोड ६६ लाख ८७ हजार २ सय ५० रूपैयाँ बराबरको ५ लाख ५७ हजार ३ सय ८८ कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्