Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा शाखाहरू रहेको सेफ्स बर्गर प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सेफ्स बर्गर प्रालिका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम बार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खात मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्