Shikhar Insurance
National Life

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडाैं । महासंघको आइतबार बसेको पहिलो साधारणसभाबाट महासंघको अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत विधानबमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनीत गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ। मनोनीत हुनेहरुमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन्।

यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील(शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन्। महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने जनाइएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्