काठमाडौं । नेपाल बैंकर्स संघले असार महिनामा बैंकको ब्याजदर थपघट नगर्ने निर्णय गरेको छ । संघ आबद्ध संस्थाका सीईओहरुको मंगलबार बिहान बसेको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सिंहदरबारलाई बताए ।
बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९९ प्रतिशत ब्याज दर तोकेको थियो । बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो । अब भने असारमा पनि सोही दर कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्