Shikhar Insurance
National Life

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिको निर्देशन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार २१:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण प्रकरण रोक्न निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न भनेको हो । बजारमा अनेक कुरा उठेकाले लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही सांसदहरुले अहिले नै प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने बताएका थिए । समितिले बिस्तृत छानबिन गरी निष्कर्ष निकालेपछि मात्रै लाइसेन्सबारे थप निर्णय गर्न पनि समितिले भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न निर्देशन दिएका थिए । समितिले भने ब्रोकर लाइसेन्स पनि रोक्न भनेको हो ।

बोर्डले १८ वटा ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको थियो । समितिले अर्को बैठकमा बोर्ड नेतृत्वलाई छलफलमा बोलाउने निर्णय पनि गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्