Shikhar Insurance
National Life

आन्तरिक ऋण नउठाऔं, स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गरौं

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार १७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक बर्षमा आन्तरिक ऋण उठाउन नहुने बताएका छन् । संसदमा राष्ट्र ऋण उठाउने बिधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले आगामी आर्थिक बर्षमा सरकारले उठाउने भनेको २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेको छ ।

उनले महालेखा परिक्षकले असुली गर्नुपर्ने भनेको ३० देखि ३५ अर्ब रकम उठाउनुपर्नेमा पनि जोड दिए । ‘महालेखाले ६ खर्ब बेरुजु भनेको छ, ३०।३५ अर्ब त असुली गर्नुपर्ने भनेको छ, त्यो उठाउने तिर लाग्नु पर्यो’, सांसद सुवालले भने ।
उनले स्रोत खुलाउन नसक्नेहरुको सम्पति राष्ट्रियकरण गर्नुपर्ने माग पनि राखेका छन् । ‘स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्नुपर्छ, तर सरकारले त केहि कर तिरेपछि त्यस्तो अबैध सम्पति पनि बैध हुने भनेको छ, सरकारले माफियाहरुको अबैध सम्पतिलाई अबिलम्ब राष्ट्रियकरण गर्नुपर्छ’, सांसद सुवालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउने काम गर्दै आएका मेनपावर कम्पनीहरु खारेज गर्न पनि माग गरे । निजीकरण गरिएका सरकारी संस्थानहरु पुनः सरकारले नै चलाउनुपर्नेमा उनको जोड थियो ।‘निजी क्षेत्र वा व्यक्तिले उद्योग धन्दा चलाउन सक्ने तर सरकारले नसक्ने भन्ने पनि हुन्छ र ? सरकारले बन्द भएका सरकारी संस्थानहरु तुरुन्तै सञ्चालन गर्नुपर्छ’, डा. महतले भने ।

उनले नेपालमै एक बर्षमा ४० अर्ब नाफा कमाउने उद्योगपतिहरु पनि रहेको भन्दै त्यसको कटाक्ष समेत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्