Shikhar Insurance
National Life

सिटिजन्स बैंक इन्टरनेसनलले अर्ली चाइल्डहुड सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन सहयोग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहकाबीच सो सामग्री हस्तान्तरण गरको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनलले सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्