काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तःशुल्क र २००० सीसीका कारको अन्तःशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन् । बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तःशुल्क दर र्यास्नलाइज गरिएको बताए।
‘आर्थिक वर्ष २०७७र७८ मा २०० सीसीभन्दा बढि क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाईकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख सम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सो बाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ।’ उनले भने, ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो।’
‘गत आर्थिक वर्षमा २०० सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्तःशुल्क मात्र बढेको र अन्तःशुल्कको दर २००० सिसि सम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढिरहेको देखिएकाले आमनागरिकको आवश्यकताको साधन मोटरसाइकलको अन्तःशुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो,’ डा. महतले भने।
त्यस्तै २०० सीसीदेखि ४०० सिसिका मोटरसाईकलको समूहभित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाइकल मात्र नपरी १ दर्जनभन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जनभन्दा बढी ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाइकल पर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्