Skip to content
Shikhar Insurance
National Life

भन्सार छल्न सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटे सवारीमा एउटै महसुल : महत

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताएका छन् ।

१० सिट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत तर ११ देखि १४ सिटमा जम्मा १ प्रतिशत महसुल लाग्ने भएपछि व्यवसायीहरूले सिट थपेर आयात गरेकाले त्यसलाई व्यवस्थित गर्न १० देखि १४ सिट सम्मको सवारीमा एउटै कर लगाइएको डा. महतले बताए ।

‘विगतमा १० सिट सम्मका ठूला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सीटसम्मका माइक्रो वसमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो। साधनमा रहेको १ सिटको फरको आधारमा कायम रहेको महसुल दरलाई योजनाबद्ध रुपमा छलि गर्नका लागि २ सिट अतिरिक्त फोल्डिङ सिट थप गरी ११ सिट बनाई अधिकांश सवारी साधन पैठारी गर्ने गरेको पाईएकोले १४ सिट सम्मका साधनमा लाग्ने महसुल दर समेत एउटै प्रस्ताव गरिएको हो ।’

बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले भने ‘हाल पनि फाेसिल्स फ्यूलमा आधारित साधनमा लाग्ने महसुल भन्दा यस्ता साधनमा लाग्ने महसुल अत्याधिक कम रहेको छ । साथै बस र मिनि बसमा लाग्ने महसुलको दरमा कुनै पनि परिवर्तन गरिएको छैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्