Shikhar Insurance
National Life

भ्याटले कृषिउपज व्यवसाय पलायनको संघारमा पुग्यो, यसरी आन्तरिक उत्पादन बढ्दैन : संघ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २९, सोमबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । बजेटमा आएको भ्याटको प्रावधानले नेपालको कृषिउपज व्यवसाय पलाएनको संघरमा पुगेको नेपाल कृषिउपज आलू प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताएका छन ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बानियाँले भने, ‘सरकारले आमउपभोक्ताको हितभन्दा पनि वार्षिक २० अर्बकाे कारोबार हुने क्षेत्रमा भ्याट लगाएर सजस्व मात्र बडाउन खोजेको तर त्यसकाे असर कार्यान्वयन लगाएको क्षेत्रमा अध्यन नै नगरी यस्तो नीति ल्याउँदा हामी व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेका छौं । हाम्रा खुद्रा बिक्रेताहरु ठेला, साइकल, डोकोमा तरकारी बेचेर गुजारा चलाइरहेका छन् जो भ्याटको दाहेरामा आउन असम्भव छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

वार्षिक ५० लाखभन्दा माथिको कारोबारी भ्याटमा जानुपर्ने हुन्छ । हाम्रा थोक बिक्रेताहरुले महिनामा नै त्योभन्दा माथिको कारोबार गर्ने गर्छन् । अनि हामिले नेपाली आलुप्याज बेच्दा भ्याटके गर्ने ? कसरी कारोबार गर्ने ? त्यसैले राज्यले भनेको जस्तो नेपाली किसानको उत्पादनले बजार पाउनेभन्दा पनि ब्यापारीले किसानको उपज किन्ननै नसक्ने अवस्था आएको र ब्यापारी तथा किसान दुवै पलायनको बाटोमा रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै व्यवसायी उज्वल कार्कीले सरकारको यो नीतिका कारण नियमाअनुसार व्यवसायीले आलु प्याज आयात गर्न नसकेको जसका कारण गैरकानुनी तवरले भित्रिएका आलु प्याजले बजार लिएको तथा मूल्यामा समेत उच्चवृद्धि भएको बताएका छन् । कार्कीले भने, ‘नेपाली बजारमा ९० प्रतिशत प्याज तथा ६० प्रतिशत आलु आयात हुने गरेको छ । सरकारले बजेटमा उत्पादन वृद्धिमा भन्दा पनि करमात्र थोपर्ने नीति लिएकाले आम नेपाली जनता मारमा परेका छन् ।’

त्यस्तै व्यवसायी नवीन शाहीले सरकारको यो नितीका कारण नेपाली उपजसमेतले बजार नपाउने अवस्था आएको बताएका छन् उक्त सम्मेननमा शाहिले भने, ‘सम्भ्रान्त बर्गले खाने पोर्चुगल तथा स्पेनबाट आयत हुने मासुमा कर छुट दिएर आम नागरिकको भान्सामा कर लागाउनु राज्यको उपभोक्तामारा नीति हो ।’

नेपाली कृषकको उत्पादनमा कर नलाग्ने र त्यसबाट स्वदेशी उत्पादनले बजार पाउने सरकारको योजना रहेको बताइए पनि व्यावहारिक रुपमा सम्भव नभएको व्यवसायीहरुले बताएका छन् । यदी सरकार भन्सारकर वृद्धि गर्ने हो भने नेपाली किसानको उत्पादनले बजार पाउने तर भ्याट हुँदा नेपाली कृषकको उत्पादन बजारसम्म पुग्न नै नसक्ने अवस्था आएको व्यवसायीहरुको मत रहेको छ।

२९८०र८१ को बजेटमा आलुतथा प्याजमा सरकारले भन्सार बिन्दुमा नै मूल्य अभिबृद्धि कर संकलन गर्ने नीति ल्याएको थियो । बजेटमा भ्याटको कुरा आउनेबित्तिकै बजारमा आलु प्याजको मूल्य आकासिएको छ । बजेटको अघिल्लो दिन ५५ रुपैयाँ प्रतिकिलो खुद्रा मूल्य रहेको प्याज आज बिहान १०० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्