Shikhar Insurance
National Life

बैंकका लगानीकर्ताहरुको एउटै स्वरः २६, २७ र २९ बुँदा स्वीकार गरिन्न, तत्काल खारेज होस्

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार २१:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले मर्जर तथा एक्विजिशन र एफपिओमा कर लगाउने आर्थिक बिधेयकको व्यवस्था कार्यान्वयन भएमा देशको अर्थतन्त्रमा अकल्पनिय क्षति पुग्ने निष्कर्ष निकालेको छ ।
सिबिफिनले आइतबार औपचारिक धारणा सार्वजनिक गर्दै आर्थिक बिधेयकको २६, २७ र २९ नम्बरको व्यवस्था कार्यान्वयनमा आए देशको अर्थतन्त्रमा अकल्पनिय क्षति पुग्ने निष्कर्ष अघि सारेको हो ।

आइतबारको बैठकमा नेपाल बैंकर्स संघका अध्यक्षसहित केहि बैंकका सीईओहरु र नेपाल लाइफका सीईओसहित अन्य केहि सीईओहरुको समेत सहभागीता रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘उपरोक्त उल्लेखित बुँदाहरु मार्फत नेपाल सरकारले गरेको व्यवस्थाहरु देहाय वमोजिमको प्रमुख आधारमा गैरकानुनी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता विपरित भएकोले सोलाई कुनै पनि हालतमा स्वीकार नगर्ने ।’ परिसंघले भनेको छ । परिसंघले भुतदर्शी कानुन मार्फत बैंक तथा वित्तिय संस्था र सेयर बजारलाई एकै पटक समाप्त पार्ने षडयन्त्र भएको आरोप पनि लगाएको छ । परिसंघले आयकर ऐन २०५८ को दफा ५६(३) को अपव्याख्या गरिएको र अन्तराष्ट्रिय अभ्यासहरुको बर्खिलाप हुने गरि सरकार अघि बढ्न खोजेको आरोप पनि लगाएको छ ।

परिसंघले आर्थिक बिधेयक संसोधन गर्न माग गर्दै भनेको छ–‘यदि जर्बजस्ति कुनै कानुनी धरातल बिना र राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास विपरित कर दायित्य थोपर्ने हो भने यसले बैंकिङ्ग, बिमा लगायतका सबै क्षेत्र र अर्थतन्त्रमा नै अकल्पनिय क्षति पुग्ने, यसबाट पूँजी बजारमा आबद्ध ५६ लाख भन्दा बढी लगानीकर्ताहरुको हकहित कुण्ठित भई यसबाट देशको पूँजी बजार धाराशायी हुने निश्चित देखिएको ।’

परिसंघले यहि व्यवस्था कार्यान्वयनमा आएको खण्डमा देशमा पूँजी पलायन हुने, औद्योगिक गतिविधिहरुको विस्तार नहुने, रोजगारी सिर्जना नहुने, देशको नागरिकहरुको सामान्य गाँस, वास र कपासको लागि पनि विदेश पलायन हुनुपर्ने अवस्था झन् विकराल हुने र प्रत्यक्ष वैदेशिक लगानी ठप्प हुने देखिएको र अन्ततोगत्वा देश गम्भिर आर्थिक संकटमा झनै फस्ने देखिएको पनि बताएको छ ।

परिसंघको धारणा
१. उपरोक्त उल्लेखित बुँदाहरु मार्फत नेपाल सरकारले गरेको व्यवस्थाहरु देहाय वमोजिमको प्रमुख आधारमा गैरकानुनी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता विपरित भएकोले सोलाई कुनै पनि हालतमा स्वीकार नगर्ने ।
(क) भुतदर्शी
कुनै पनि नियम कानुन भुतदर्शी हुन नहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यताहरुको विपरित दशकौं अघि नै भए गरेका कार्यहरुलाई समेत प्रभाव पार्ने गरी आर्थिक विधेयकमा गरिएको व्यवस्थाहरुको नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकको ठाडो हनन हुन जाने ।
(ख) पूँजी योगदानमा कर नलाग्ने अन्तराष्ट्रिय मान्यता अनुरुप नै एफपिओ बाट प्राप्त हुने प्रिमियम तथा मर्जर तथा प्रप्तिबाट सिर्जना हुने द्यबचनबष्ल एगचअजबकभ न्बष्ल लाई कुनै पनि कानुनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानी कर लगाउने व्यवस्था आयकर सम्बन्धी नेपालको कानुनले गरेको व्यवस्था विपरित हुने गरी आयकर ऐन २०५८ को दफा ५६(३) को अपव्याख्या गरिएको ।

२. यदि जर्बजस्ति कुनै कानुनी धरातल बिना र राष्ट्रिय अन्तराष्ट्रिय अभ्यास विपरित कर दायित्य थोपर्ने हो भने यसले बैंकिङ्ग, बिमा लगायतका सबै क्षेत्र र अर्थतन्त्रमा नै अकल्पनिय क्षति पुग्ने, यसबाट पूँजी बजारमा आबद्ध ५६ लाख भन्दा बढी लगानीकर्ताहरुको हकहित कुण्ठित भई यसबाट देशको पूँजी बजार धाराशायी हुने निश्चित देखिएको ।

३. देशको कुल ग्राहस्थ्य उत्पादनमा ८० प्रतिशत भन्दा बढी र देशको कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत भन्दा बढी योगदान गर्ने निजि क्षेत्रको कानुनी राज्य प्रतिको विश्वास टुट्ने र यसबाट देशमा पूँजी पलायन हुने, औद्योगिक गतिविधिहरुको विस्तार नहुने, रोजगारी सिर्जना नहुने, देशको नागरिकहरुको सामान्य गाँस, वास र कपासको लागि पनि विदेश पलायन हुनुपर्ने अवस्था झन् विकराल हुने र प्रत्यक्ष वैदेशिक लगानी ठप्प हुने देखिएको र अन्ततोगत्वा देश गम्भिर आर्थिक संकटमा झनै फस्ने देखिएको ।

तसर्थ, यस सम्बन्धमा भोली मुलुकलाई पर्न सक्ने गम्भिर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक २०८० को बुँदा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्