काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बताए। ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ ।
प्रहरीका अनुसार उनी भारतीय नगरीक हुन् । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले नेपाल प्रेसलाई बताए ।
पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्