काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको जेठ २६ गते बसेको १२५ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विवरणहरुले भने बीमा प्राधिकरणले स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा भने कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रतिक्रिया दिनुहोस्