Shikhar Insurance
National Life

रिलायन्स फाइनान्सद्वारा ६.८४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स फाइनान्सले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५० प्रतिशतका दरले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनर्थका लागि ०.३४ प्रतिशतका दरले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्