Skip to content
Shikhar Insurance
National Life

रौतहट–काठमाडौं सम्पर्क मञ्चमा चौधरी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) रौतहट–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रामानन्द चौधरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न मञ्चको १३ औं सम्मेलनले चौधरीको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेको निवर्तमान अध्यक्ष सचित कुँईकेलले जानकारी दिए ।

मञ्चको उपाध्यक्षमा नमोनारायण झा र इजराइल वेष्टा निर्वाचित भएका छन् । सचिवमा अजय पटेल र उपसचिवहरुमा बिप्लव केसी, सुधांशु मिश्र र सुष्मा सुनाम निर्वाचित भए । त्यस्तै, कोषाध्यक्षमा कृष्ण नन्दन साह सोनार, सर्वसम्मतिले निर्वाचित भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मञ्चको सदस्यहरुमा कामेश्वर यादव, प्रतिभा श्रेष्ठ, भुजेन्द्र यादव, प्रमोद यादव, कृष्ण चौधरी,चन्देश्वर दास,पनिलाल यादव, हिमांशु मिश्र, सुरेन्द्र ठाकुर, शुलभ पुडासैनी, निर्मला गुप्ता, आशुतोष कुमार जैसवाल, प्रमिला कुमारी, राकेश यादज, राम चौरसिया, राम एकवाल ठाकुर, बिमलेश झा, रामबिनय कुशवाहा, अनिल रेग्मी, सुमन झा, दिगम्वर चौधरी, बिपल थापा, सन्जु पुलाम, सेराज मिकरानी, रामवावु महतो, प्रेमलाल जैसवाल, राजेन्द्र शाह, नविन गुप्ता, राजेन्द्र शाह निर्वाचित भएका छन् ।

मञ्चको १३ औं सम्मेलनको पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE