Skip to content
Shikhar Insurance
National Life

भारत भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड पुगे पशुपतिनाथको दर्शनमा, के हो कारण ? 

Hyundai
NCELL
NIMB
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।  उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका थिए । उनलाई पशुपतिमा संस्कृतिमन्त्री सुुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए ।
पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गरेका थिए ।
GBIME

प्रतिक्रिया दिनुहोस्