Shikhar Insurance
National Life

प्रधानमन्त्रीको चाहना त अझै ठूलो बजेट बनाउने थियोः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २७, शनिबार २१:१०
Hyundai
NCELL
NIMB

नुवाकोट । अर्थमन्त्री डा. प्रकाश शरणा महतले प्रधानमन्त्री पुष्पकमद दाहालले अझै ठूलो बजेट ल्याउन चाहेको खुलासा गरेका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले प्रधानमन्त्रीको चाहना अझै ठूलो बजेट ल्याउने रहेको तर आफुहरुले बजेटको आधार घटाएको खुलासा गरिदिएका हुन् ।

‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो । आम्दानी नभइ खर्च गर्न सकिँदैन’ अर्थमन्त्री डा. महतले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले किसानलाई सिधै अनुदान दिने व्यवस्था आफुले अघि सारिएको पनि बताए । ‘कृषिको सम्भावना ठूलो छ, अब उत्पादनमा अनुदान दिनेछौं । जसले उद्यम व्यवसायलाई सिर्जनशील ढंगबाट अगाडि बढाउँछ, उनले भने, ‘जसले उत्पादन गरेर देखाउँछ, उसले अनुदान पाउँछ । अब कृषि अनुदान दुरुपयोग हुने प्रवृत्ति समाप्त हुन्छ, वास्तविक कृषक उत्साहित हुन्छन् ।’

मन्त्री डा. महतले बजेटको मूल लक्ष्य बनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को बर्ष धेरै बजेट विनियोजन गर्न सकौं भन्ने नै रहेको पनि बताए । ’

मन्त्री महतले टोखा–छहरे सुरुङ माग देशकै गहना भएको र अब निर्माण सुरु हुने पनि बताए । ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’

अर्थमन्त्री डा. महतले चालु आवमा निर्माण आरम्भ हुने र केहि बर्षभित्र निर्माण सम्पन्न हुने दावी पनि गरे । ‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ ।’

उनले लामो समयपछि नुवाकोटमा ठूलो बजेट विनियोजन गरेको दावी पनि गरेका थिए । ‘धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको छ । धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैैन’, मन्त्री डा. महतले भने , ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ ।’

‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पु¥याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्