Shikhar Insurance
National Life

महालक्ष्मी लाइफकाे साधारणसभा सकियाे,असार मसान्तभित्रै एकीकृत कारोबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडाैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा होटल अकामा, धुम्बाराही, काठमाडाैंमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बिमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए।

सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७७र७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्‍यो । साधारणसभामा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने, गाभेपछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” कायम हुने । दुबै

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको शेयर अनुपात १ः१ कायम गरी गाभ्ने र गाभिने, दुवै कम्पनी एक आपसमा गाभ्दार गाभिदा भएको अन्तिम सम्झौतापत्रलगायत अन्य सहमति अनुमोदन गरे । सम्पत्ति दायीत्वको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा संचालक उमेशलाल श्रेष्ठले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेपछि साधारण सभा सम्पन्न भएको थियो । कम्पनी सचिव कमल पन्थीले संचालन गर्नु भएको कार्यक्रममा बिमा प्राधिकरणको निर्देशनअनुसार असार मसान्तभित्र दुबै कम्पनी मर्ज भई एकीकृत कारोबार सम्पन्न हुने जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्