Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकका ग्रहकले केएफसी, क्रिमबेल र पिज्जा हटमा १० प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि बाट सञ्चालित रहेको केएफसी, क्रिमबेल, र पिज्जा हटका आउटलेटहरुमा सम्झौता लागु हुनेछ ।

जस अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पिओएस मेसिन मार्फत डेबिट / क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १०% (बढिमा १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते,२०८० सम्म प्रदान गरिने जनाएको छ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्